मेचीनगर । बेलायत भ्रमणमा रहेका झापा मेचीनगर नगरपालिकाका नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेतीसहितकाे नेपाली प्रतिनिधि मण्डललाई बुधबार फाेक्सटन एण्ड हाईट डिष्ट्रिकका चियरमेन (जिल्ला सभापति) ले स्वागत तथा सम्मान गरेका छन् ।
नगरप्रमुख तथा उपप्रमुखसहित नगरप्रमुख बुढाथोकी की जीवनसंगिनी भिसाेदा कट्वाल, द गाेर्खा मेमोरियल फाउन्डेसन नेपालका अध्यक्ष गंगालाल गुरूङ, महासचिव जगत गुरूङ, कार्यक्रम संयाेजक कुमारी गुरूङ तथा कल्चर एक्सचेञ्ज प्रेसिडेन्ट मेनुका मैनालीलाई डिष्ट्रिक चियरमेन (जिल्ला सभापति) ले उनकै कार्यकक्षमा स्वागत तथा सम्मान गरेको द गाेर्खा मेमोरियल फाउन्डेसन युकेका अध्यक्ष तथा फाेक्सटन टाउनका पूर्व काउन्सिलर धनकिरण गुरूङले जानकारी दिए ।
कार्यक्रममा नेपालकातर्फबाट नगर प्रमुख बुढाथोकी , उपप्रमुख उप्रेतीले चियरमेनलाई नेपाली पहिचान झल्किने दाेसल्ला पहिर्याएर सम्मान गरेका थिए । कार्यक्रममा बाेल्दै डिष्ट्रिक चियरमेन ( जिल्ला सभापति) ले अब मेचीनगर नगरपालिका र बेलायतकाे फाेक्सटन टाउनबीचकाे भगिनी सम्बन्धले आफुलाई ज्यादैँ खुशी लागेकाे र यसलाई फराकिलाे र बृहत्त बनाउन डिष्ट्रिकसँग पनि मितिरे साईनाे लगाउन आव्हान गरेका थिए ।
मेचीनगरकाे सुख दुखमा सधै बेलायतकाे साथ सहयाेग रहने भन्दैँ उनेले बेलायत र नेपाल देशबीच धार्मिक, साँस्कृतिक , पर्यटकीय अनि थुप्रै कला रितीरिवाज, चाडपर्वले पनि नजीक रहेकाे स्पष्ट पारे ।
बेलायतकाे फाेक्सटन टाउन काउन्सिल र द गाेर्खा मेमोरियल फाउण्डेशन बेलायतकाे ओैपचारिक निमन्त्रणामा मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पाेखरेल उप्रेतीसहितकाे ७ सदस्यीय टाेली त्यहाँ पुगेकाे थियो ।





















































