बिर्तामोड ।सहकर्मीको कुटपिटबाट झापाको बुद्धशान्ति-३ स्थित पाथीभरा ब्लक उद्योगमा कार्यरत मजदुरको मृत्यु भएको छ । पाँचथर याङवरक–६ घर भइ सो उद्योगमा मजदुरी गर्ने बिक्रम सेनेहाङको मृत्यु भएको हो ।
शुक्रबार साँझ ७ः५० बजे सोहि उद्योगमा कार्यरत शिवसताक्षी-८ पोखरी टोल घर भएका १९ बर्षीय मिलन पुरकोटीले सामान्य विवादमा सेनेहाङलाई काठको मुङ्ग्रो र फलामको ह्यामरले टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।सहकर्मीको प्रहारबाट गम्भीर घाइते भएका सेनेहाङलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा थप उपचारका लागि राति साढे ११ बजे नोबेल अस्पताल रेफर गरिएको थियो ।राति साढे दुई बजे नोबेल अस्पताल पुर्याइएको उनको उपचारको क्रममा शनिबार बिहान ५ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
सेनेहाङलाई प्रहार गर्ने पुरकोटीलाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।
मृतकको शव नोबेल अस्पतालमा राखिएको रमृतककी श्रीमती झापा आउँदै गरेको बुझिएको छ ।























































