झापा । मेचीनगर-१२ की मनमाया विकको दैनिकी स्थानीय प्रगति- हातेमालो वन र पूर्व-पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । अहिले मात्रै होइन बिक ३ वर्षदेखि यो पेसा गर्दै आएकी छन् । वनबाट निउरो (निगुरो) लगायत जंगली तरकारी संकलन गरेर राजमार्गको किनारमा दुबै हातमा तस्करीको मुठा लिएर बस्ने काम दैनिकी नै हो ।
विकसँगै अन्य ससाना बालबालिका र दर्जनबढी महिला पुरुषको पनि चारआली जङ्गलमा पर्ने राजमार्गमा यसरी नै दैनिकी बित्ने गरेको छ । जङ्गलबाट संकलित हरियो तस्करी, च्याउ, भ्याकुर, कटुस, सालको पात, बेतलौरीका टुसा लगायत बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ ।
फोटो: फाइल
उनीहरुको दैनिकी नै भएकाले दिनको कमाईले घरायसी गर्जो टार्न मद्दत पुगेको बताउछ्न् । तर, राजमार्गको छेउमा लस्करै बसेर दैनिकीको जोह गरिरहँदा सवारी आगमनले असुरक्षित बनेका छ्न् ।
आर्थिक रुपमा कमजोर बिक परिवारको गर्जो टार्ने आधार नहुँदा समस्या झेल्दै आएकी कुमारीले निउरो दैनिकीले दुई सन्तानको पठपाठन र घर गुजारा चलाउँदै आएको बताइन् । उनी बिहान घरको सबै काम सकेर जङ्गल पस्छिन् ।
१५-२० मुठा निउरो, सालको पात भेला पार्दा २ देखि ४ घण्टा लाग्छ । त्यसपछि कहिले राजमार्गको किनारमै त कहिले रुखको फेदमा पटुका फिँजारेर निउरोको मुठा बनाउछिन् ।
अनि राजमार्गमा दुबै हातमा निउरो बोकेर उभिन्छिन् । साइकल, मोटरसाइकल साना र ठुला गाडी आउनसाथ निउरो देखाउँदै जो कोहीलाई पनि किन्न प्रेरित गर्छिन् । बिकको दैनिकी नै यसरी बित्ने गरेको छ । कहिलेकाँही सबै निउरो बिक्री हुँदैन । त्यो दिनको निउरो तस्करी पसलेकहाँ पुर्याइदिन्छु बिकले भनिन्, पहिलेको मेरो समस्याको चै सामाधान गरे तर, यो पेशा पनि सुरक्षित चै छैन ।"
जङ्गलभित्र पनि सर्प, बरुला, अरिङालले सुरक्षित छैन भने राजमार्गको किनारमा बसिरहँदा सवारी दुर्घटनाको जोखिमले अर्को असुरक्षा भएको उनको तर्क छ । सानैमा आमा बितेर बुवाले बेवारिसे बनाए ।
छिमेकीले पालनपोषण गरेर पहाडमै बिहे गरिलिदिए । दुईजना छोरा छ्न् । श्रीमान् ५ वर्षअघि नै बिते । ती छोराको भबिस्यका लागी असुरक्षाभित्र पनि दैनिकी टार्दैछु उनले थपिन् ।
राजमार्गमा आगमन हुने चिल्ला गाडीका सुकिला मान्छेदेखि घृणा गर्दै बिकले भन्छिन्, १० रुपैयाँमा नमिल्दा निउरो छोडेर जान्छ्न् । ठुलठुला होटलमा बसेर उठ्दा ५० सयको परवाह नगर्ने मान्छेले १०-२० मा बार्गेनिङ गर्दै ताजा तरकारी छोड्ने गरेको बिकले गुनासो गरिन् ।






















































