इटहरी । इटहरी उपमहानगरपालिकाले नि:शुल्क रुपमा शव वहान र एम्बुलेन्स सेवा सुरु गरेको छ ।
इटहरी नगर क्षेत्रभित्रका जनताका लागि नि:शुल्क शव वहान र एम्बुलेन्स सेवा सुरु गरेको हो ।
नगर प्रमुख हेमकर्ण पौडेलले सोमबारदेखि नै लागु हुने गरि नि:शुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए ।
इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घरदेखि घाटसम्म शव वहान र घरदेखि इटहरी अस्पतालसम्म एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले बताए । नगर अस्पतालमा बिरामीको चाप बढ्दै गएका कारण एम्बुलेन्स सुरु गरिएको उनले बताए । नगर अस्पतालमा बिशेषज्ञ डाक्टरले सेवा दिन थालेपछि विरामीको चाप बढेको उनले बताए ।





















































