मेचीनगर । सरकारले सुर्तीजन्य वस्तुको उत्पादन र बिक्री बितरण गर्ने उपयुक्त नीति  ल्याउन नसक्दा उपभोक्ताको स्वास्थ्यमा खेलवड भएको सरोकारवालाले गुनासो गरेका छन् ।
सरकारले सुर्तीजन्य, मदिराजन्य पर्दाथको उत्पादन गर्न उद्योग संचालनको अनुमति दिने र स्थानीय सरकारले बिक्री बितरणमा रोक लगाउनुले समस्या उत्पन्न भएको उनीहरुको भनाई छ । IMG_20231009_133703
उपभोक्ता जागरण अभियान नेपाल मेचीनगर समितिले आयोजित पत्रकार भेटघाटमा स्वास्थ्यमा प्रतिकुल असर पर्ने खालका सुर्तीजन्य तथा पेय पर्दाथको उत्पादनलाई न्यूनीकरण गर्नसमेत आग्रह गरेका थिए ।
उपभोक्ता जागरण अभियान नेपाल झापाका उपाध्यक्ष निलकण्ठ तिवारीले पत्रकारसमक्ष भने, `स्वास्थ्यमा असर पर्ने सुर्तीजन्य र पेय पर्दाथको उत्पादन गर्न दिने र स्थानीय सरकारले त्यसको नियन्त्रण गर्ने दोहोर भुमिका जस्तो देखियो । त्यसको नियन्त्रणका लागि सरकारको उपयुक्त नीति ल्याउन जरुरी छ ।´IMG_20231009_152926
स्वास्थ्यमा प्रतिकुल असर पर्ने म्याद गुज्रिएका, अखाद्य वस्तु, जङ्क फुट, सुर्तीजन्य पर्दाथ लगायतका वस्तु बजारमा बिक्री बितरणमा नियन्त्रण गर्न  स्थानीय निकायलाई आग्रह गरेका छन् ।

स्थानीय सरकारले सर्वसाधारणको स्वास्थ्यमा असर पर्ने वस्तु बिक्री नियन्त्रणमा चासो नदिएपछि मेची नगरपालिकालाई ध्यानाकर्षण गराएको उपभोक्ता जागरण अभियान नेपाल मेचीनगरका अध्यक्ष रचना घिमिरेले बताइन् ।
नगरले उपभोक्ताको हितका लागि त्यस्ता वस्तु बिक्री-बितरण गर्दा आधारभूत मापदण्ड पनि पूरा गराउन नसकेको भन्दै उपभोक्ता जागरण अभियान नेपाल मेचीनगरले नगरपालिका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।IMG_20231009_153115
सार्वजनिक स्थलको एक सय मिटरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा अविलम्ब रोक लगाउन जोडदार मागसमेत गरेको छ । ‘मेचीनगरका विद्यालय, क्याम्पस, अस्पताल, स्वास्थ्योपचार केन्द्र, धार्मिक तथा पर्यटकीय स्थल, नगरपालिकाको मुख्य प्रशासनिक कार्यालय, वडा कार्यालय लगायतका सार्वजनिक स्थलबाट एक सय मिटरभित्रको घर तथा पसलबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा अविलम्ब रोक लगाइयोस्’, अभियानले नगरपालिका समक्ष बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
बिधालय क्षेत्रमा नगरपालिकाको शिक्षा शाखाबाट नियमित अनुगमन गर्नसमेत आग्रह गरिएको छ ।
सुर्तीजन्य पदार्थको बिक्री वितरण रोक्नका लागि नगरपालिकाले नीति, नियम, कार्यविधि नै बनाएर अघि बढ्न पनि अभियानले सुझाव दिएको छ ।